२०८३ भाद्र १२ गते शुक्रवार

आँफु कम्पनीबाट टाढा भइ सकेको भन्दै कम्पनीबाटै समस्या समाधान गर्न ठेकेदार अनुप पाण्डेको आग्रह

तुलसीपुर, माघ १८ । आँफु कम्पनीबाट टाढा भइ सकेको भन्दै कम्पनीबाटै समस्या समाधान गर्न ठेकेदार अनुप पाण्डेले आग्रह सबैमा आग्रह गरेका छन् ।

तुलसीपुर–घोराही चार लेन सडक बिस्तार परियोजनाको काममा ठेकेदारको रुपमा काम गरेका पाण्डेले मंगलबार प्रेस बिज्ञप्ति मार्फत आँफुले यसअघि सम्म भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङको नेपाल प्रतिनिधिको रुपमा काम गरेपनि पछिल्लो समय आँफु उक्त कम्पनी संग टाढा भएको बताएका छन् ।

कम्पनीले सोचे अनुरुप काम गर्न नसक्दा आँफुले कामबाट हात झिकेको भन्दै अनुपले कम्पनीका लागि गरेका कामहरु आफ्ना ब्यक्तिगत नभइ कम्पनीकै लागि भएको हुँदा उत्पन्न समस्या पनि कम्पनीबाटै समाधान खोज्न सबैमा आग्रह गरेका छन् ।

कम्पनी संगको समन्वयमा रहँदा गरेका कामको सबै दोषको भागिदारी आँफुलाई मात्रै बनाउन न्यायोचित नरहेको उनले बताएका छन् ।

उनले आँफुलाई ठगीको आरोप लगाउनु गैरन्यायिक रहेको पनि उल्लेख गरेका छन् ।

पाण्डे बिरुद्ध माघ १४ गतेसम्म १६ जनाले जिल्ला प्रशासन कार्यालयमा ४ करोड ४५ लाख ठगी गरेको भन्दै निबेदन दिएका छन् भने घोराहीका ब्यबसायी गेहेन्द्र बस्नेतले १ करोड ४४ लाख ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दिएका छन् ।

तर, पाण्डेले १ करोड ४४ लाख ठगी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय घोराहीमा जाहेरी दिएका बस्नेत बारे मात्रै बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

जस्मा पाण्डेले बस्नेतमाथि उल्टै आँफै आएर आँफुलाई काम दिनका लागि अनेक खालेको आग्रह गरेको, भ्याट बिल काट्नका लागि अनेक अरोध गर्दापनि बेवास्ता गरेको। अहिले सम्मपनि बस्नेतले आफ्नो लिनुपर्ने रकमको भ्याट बिल नबुझाएको जस्ता आरोपहरु लगाएका छन् ।

बस्नेतले समयमै भ्याट बिल नकाट्दापनि कम्पनीले भुक्तानीमा ढिलाई गरेको उल्लेख पनि गरेका छन् ।

त्यस्तै पाण्डेले सञ्चार माध्यममा एकपक्षिय ढंगले पूर्वाग्रह राखेर समाचार सम्प्रेशन गरिएको गुनासो गरेका छन् ।

अनुपले आँफु तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको छोरा भएपनि आफ्नो काममा बुवाको कुनै हात रहेको हुँदा बुवाको समेत नाम जोडिनु पत्रकार आचार संहिता बिपरितको कार्य भएको भन्दै आपत्ति जनाएका छन् ।

मेयर पाण्डे नेकपा एमालेका केन्द्रीय सदस्य हुन भने अनुप पाण्डे बिरुद्ध गठीको आरोपमा मुद्दा हाल्ने मध्य अधिकाँस नेकपा एमालेकै नेता कार्यकर्ता तथा ब्यबसायी हुन ।

गेहेन्द्र बस्नेत नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुन ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *