रोल्पा,माघ १८ । पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।
पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बनेका थिए ।
२०२० सालदेखि राप्रपाबाट राजनीति सुरु गरेका सुवेदी अहिले भने नेपाली कांग्रेसमा आबद्ध थिए ।
प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
