२०८३ असार २८ गते आइतवार

बर्दियामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो

बर्दिया,माघ १८ । बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको ज्यान गएको छ।

बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

भे १ क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरी नेपालगञ्ज–गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *