२०८३ असार २८ गते आइतवार

बर्षौंदेखि घोडाकै सहयोगमा परिवारको गर्जौ टार्दै आएकाहरु …


तुलसीपुर , माघ १७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारका सोनुराज चौधरीले २०५४ सालदेखि घोडाको संगत गर्दै आएका छन् ।

यो उनको पुर्खेउली पेशा हो । सोनुराजको बाउ बाजेलेपनि घोडा लाद्ने काम गर्थे ।

आसपासका गाउँघरबाट चामल, मकै, मसुरो केही सस्तोमा किनेर ल्याउने र त्यसलाई घोडाबाट तुलसीपुर बजारमा पु¥याइ बेचेर सोनुले आफ्नो घर खर्च चलाउने गरेको बताए ।

घोडा लादेरै परिवारको खर्च धान्ने मात्र होईन् सोनुले अहिलेसम्म छोरा छोरी पढाउनेदेखि सबै काम यही पेशाकै कमाइले गर्दै आएका छन् ।

भन्छन् – ‘मैले मेहनत गरि ३५ कठ्ठा जग्गा जोड्न सफल भए ।’

सोनु जस्तै गाउँ घरबाट किनेर ल्याएको अन्तपात स्थानीय मिलहरुमा कुट्ने र बजारमा ल्याएर बेच्न अरुपनि धेरै छन् ।

तुलसीपुर १० बनगाउँका दुर्गाबहादुर चौधरीले पनि घोडा लाद्न थालेको धेरै बर्ष पुगि सकेको छ ।

गल्ला अर्थात चामल, मकै, मसुरो खोज्न घोडा लद्दीहरु टाढा टाढा पुग्छन् । दैनिक ३०÷६० किलोमिटर सम्म यात्रा गर्छन ।

सोनुको घर बेलगनारदेखि तुलसीपुर बजारको दुरी झन्डै १३ किलोमिटर छ ।

तुलसीपुर ११ का नोखीराम बस्नेतले पनि बिगत ५० वर्षदेखि घोडा पाल्दै र घोडा लाद्दै आउनु भउको छ ।

आधुनिक सवारी साधन र मेसिनको प्रयोग बढेपछि अब घोडा ब्यबसाय संकटमा पर्ने खतरा छ ।

त्यसमा पनि राज्यले अन्य पशु सरह घोडालाई असमान ब्यबहार गरेको प्रति भने बस्नेतको चित्त दुखाइ छ । अन्य पशु सरह घोडाको पनि बिमाको व्यवस्था हुनुपर्ने बस्नेतको माग छ ।

किसानको पिरमर्का बुझेरै पशु स्वास्थ्य तालिम केन्द्रले विगत पाँच वर्षदेखि तुलसीपुर क्षेत्रमा किसानले पाल्दै आएका घोडालाई टिटानस बिरुद्धको खोप लगाउँदै आएको छ ।

केन्द्रका जिल्ला संयोजक रमन मिश्रले किसानले पालेका र ईट्टा भट्टामा प्रयोग गरिएका घोडाहरुलाई मध्यनजर गर्दै टिटानस विरुद्धको भ्याक्सिन लगाउनुका साथै जुकाको औषधी पनि खुवाउँदै आएको जानकारी दिए ।

तुलसीपुरमा मात्रै दुई महिला र पाँच पुरुष गरि सातवटा घोडा पालक समुहहरु छन् ।

तुलसीपुर क्षेत्र मा मात्रै किसानले करिव १३० वटा जति घोडा पालेका छन् ।

त्यो बाहेक ईट्टा भट्टामा काम गर्न ल्याइएका शिजनल घोडाहरु ५० देखि ६० वटासम्म रहेका छन् ।

अहिले पशुसेवा शाखा मार्फत कुन वडामा कति र कस्ता पशुहरु छन भन्ने बिबरण शंकलन गर्ने गरिन्छ ।

हालसालै मात्रै तुलसीपुरमा ८७ वटा घोडालाई टिटानस भ्याक्सिन लगाइएको छ ।

घोडालाई आन्तरिक परजिवी विरुद्ध औषधिपनि खुवाइएको छ ।

मानिस र घोडा बीचको सम्बन्ध परा पूर्वक कालदेखि रहँदै आएको छ । बिगतमा अहिले जस्तो बाटो र सवारी साधन थिएनन् ।

जतिखेर घोडाहरु नै आवात जावात गर्ने र सामान ओसार पसार गर्ने प्रमुख माध्यम थिए ।
आजपनि गाउँ घरका किसानले घोडाको प्रयोग उत्तिकै रुपमा गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *