तुलसीपुर,माघ १५ । प्रेस सेन्टर नेपालको १८ औैं स्थापना दिवसको अवसरमा तुलसीपुरमा मास्क वितरण गरिएको छ ।
शनिबार दिउँसो तुलसीपुर बजारमा प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले स्थापना दिवसको अवसरमा मास्क वितरण गरेको शाखाका अध्यक्ष दामोदर बस्नेत (राकेश) जानकारी दिए ।
उनले कोरोना महामारी कारणले गर्दा स्थापना दिवसमा कुनै कार्यक्रम नगरेको भन्दै पछिल्लो समय तुलसीपुरमा कोरोना संक्रमित बढि भएकाले कोरोना सङ्क्रमणबाट बच्न आग्रह गर्दै मास्क वितरण गरिएको बताए ।
पछिल्लो समय तुलसीपुरमा कोरोना संक्रमण बढि भएयता पनि अझै बजारमा आउने नागरिकहरू, सवारी साधनमा यात्रा गर्ने यात्रु तथा चालकले समेत स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न अध्यक्ष बस्नेतले आग्रह समेत गरे ।
तुलसीपुर बजारमा शाखाको सम्पूर्ण पदाधिकारीहरू तथा नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहभागितामा सयौँको सङ्ख्यामा मास्क वितरण गरिएको र साथै तुलसीपुरका केही मिडिया हाउसलाई पनि मास्क तथा स्यानिटाइजर वितरण गरिएको शाखाका सचिव विकास डाँगीले जानकारी दिए ।
त्यस्तै आइतबार बाँकी रहेका मिडिया हाउसहरूमा पनि वितरण गर्ने उनले बताए ।