२०८२ माघ ४ गते आइतवार

सल्यानमा अटो दुर्घटना हुँदा चालकको मृत्यु


दाङ, माघ १५ । सल्यानमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका ७ लुहामबाट टुनिबोटतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका ५ मुलाबारीका टेकबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा १ ह ५०५२ नम्बरको खाली अटो टुनिबोट स्थित राप्ती राजमार्गमा शनिबार दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको थियो ।

घाइते चालक विकको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा दिउँसो पौने २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *