दाङ,माघ १० । दाङको घोराहीमा विविध विधामा पत्रकारहरुको क्षमता अभिबृद्धी तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग सोमबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले गरेका हुन ।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पाख्रेलले विधागत पत्रकारिताले नै समाज रुपान्तरण मद्धत पुग्ने बताए । उनले भने,ुजहाँ सफल पत्रकार हुन्छन,त्यहाँ विकासको यात्रालाई गतिशिन बनाउन सहयोग हुन्छ । उनले पत्रकारिता र विकासलाई सगंसगै अगाडी बढाउन सरकार गम्भिर बन्नुपर्नृमा जोड दिए । साथै उनले तालिममा सामान्य समाचार देखि खोजमुलक सम्म प्रशिक्षण दिईने जानकारी गराए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संचार क्षेत्रको विकास भए मात्रै अन्य क्षेत्रको विकासले गति लिने बताए । उनले समाज परिवर्तनका लागि पत्रकारको भुमिका महत्वपुर्ण हुने भएकाले निश्पक्ष र मर्यादित ढंगले कलम चलाउन आग्रह गरे ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रिय उपाध्यक्ष उदय जिएम,प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,पत्रकार महासघं दाङका सल्लाहाकार सविन प्रियासन,घोराही उपमहानगरपालिकाका सुना शाखाका बिमल अधिकारी लगाएतले शुभकाना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।
उक्त तालिम तिन दिन सम्म चल्ने छ । तालिममा अनलाईन डिजिटल मिडिया, रेडियो, छापा लगायतका संचार माध्यममा कार्यरत पत्रकारहरु सहभागि छन् ।
