२०८० चैत्र १६ गते शुक्रवार

लागुऔषध र लेनदेन मुद्दाका दुई फरार प्रतिबादी पक्राउ

तुलसीपुर, माघ १० । दाङ प्रहरीले लागु औषध र लेनदेन मुद्दाका दुई फरार प्रतिबादी पक्राउ गरेको छ ।

लागुऔषध मुद्दाका फरार प्रतिबादी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३६ बर्षीय सुरेश कुरेसी आइतबार तुलसीपुर बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन ।

जिल्ला अदालतले २०७७ साल असार २१ गते लागु औषध मुद्दामा कुरेसीलाई चार बर्ष पाँच महिना कैद फैसला सुनाएको थियो । त्यस्तै लेनदेन मुद्दामा घोराही उपमहानगरपालिका वडा नं.१० का ४५ बर्षीय पशुपति आचार्य पक्राउ परेका छन् ।

२०७७ साल चैत ५ गते जिल्ला अदालतले आचार्यलाई एक बर्ष कैद सजाए तोकेको थियो । प्रहरीले आचार्यलाई घोराही १० बाटै शनिबार पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ परेका दुबै जनालाई सोमबार प्रहरीले अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशमा दुबै जनालाई तोकिएको कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *