२०८१ बैशाख १९ गते बुधवार

के पार्कमा कोरोना सर्देन र ?


तुलसीपुर,माघ १० । बिद्यार्थी सरिता पाण्डे शनिवार राप्ती शान्ति उद्यानमा पार्कमा थिइन ।
शान्तिपार्कमा रहेका पानीको फहराहरु,झरना सहितको ढुगें पहाड,मानव चिम्पाङजि जस्ता विभिन्न थरिका दृश्यले उनलाई रोमाञ्चित बनायो ।

उनले साथीहरुसगं तस्बिरहरु खिच्दै टिकटक बनाउदै थिइन ।

तुलसीपुरकै बन्दना रिमाल पनि साथीहरुसगं मिलेर टिकटकमा रमाउदै थिइन । उनी आफ्नो जन्मदिन मनाउन त्यहाँ पुगेकी रहिछन ।

सरिता र बन्दना जस्ता सयौ जना त्यहाँ पुगेका थिए । तर त्यहाँ भेटिएका ९० प्रतिशतले भने मास्क प्रयोग गरेका थिएनन् । त्यसमा भौतिक दुरी कायम गर्ने कुरै भएन ।

शान्तिपार्कमा तुलसीपुर क्षेत्रका मात्र होइन दाङ लगाएत छिमेकी जिल्लाका आन्तिरिक पर्यटकहरु पनि वनभोज सहित मनोरञ्जनका लागि पुग्ने गर्दछन ।

हिजो आज दैनिक जसो शान्ति पार्कमा किसोर–किसोरी,युवा–युवती,बालबालिका बढी भेटिन्छन् ।

सयौको संख्यामा पनि उनीहरुले मास्क र भौतिक दुरीको बेवास्ता गर्दै फोटो र भिडियो बनाइरहेका हुन्छन ।

यस्ता स्थानहरुमा हुने सयौँ जनाको भिड नियाल्दा लाग्छ, यहाँ उनीहरुलाई देखेर कोरोना नै लगाउँछ होला ? कोरोना टाढैबाट भाग्छ कि ? जस्तो दृष्यले बिद्यालय बन्द गर्नुको औचित्य देखिएन ।

त्यसो त जिल्लामा सार्वजनिक यातायात क्षेत्र,बैंक तथा वित्तीय सघंसंस्था लगायत अन्य विभिन्न स्थानहरुमा दैनिकी हजारौ मानिसको भिड हुन्छ । तर त्यो भिडमा माक्सको प्रयोग गर्ने निकै कम भेटिन्छन् ।

जहाँ त्यहि मानिसहरुको भिडभाडले संक्रमणको जोखिम अझै बढेको छ ।

किनकी, कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण उच्च दरमा फैलिरहेको छ ।

दिन प्रतिदिन बढ्दो क्रममा रहेको कोरोना संक्रमणको दरलाई रोक्न जिल्ला प्रसाशन कार्यालय दाङले २५ जना भन्दा बढी संख्यामा सहभागी हुन, भेला तथा कार्यक्रमहरु गर्न रोक लगाएको छ ।

त्यसैले दाङ लगाएत देशैभरका विद्यालयहरु बन्द छन । यो बीचमा बिशेषगरि तुलसीपुर क्षेत्रका अधिकांश विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तर, सधै जसो विद्यालयहरुमा देखिने ती बालबालिका अहिले घरमा होइन, तुलसीपुरको शान्ति पार्कमा भेटिन थालेका छन् ।

आजकल स्कूले बालबालिकाको यस्तै उद्यान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरुमा बाक्लो भिडभाड देखिन्छ ।

पार्क बन्द गर्ने निर्देशन आएको छैन ः अध्यक्ष भण्डारी

राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भिडभाडले कोरोना संक्रमणको जोखिम बढेको जनगुनासो आइरहेको स्वीकार गरे ।

तर उनले अहिलेसम्म कुनै निकायबाट पार्क बन्द गर्ने निर्देशन नआएको उनले जानकारी दिए ।

‘ हामीलाई अहिलेसम्म स्थानीय पालिका,वडा,जिल्ला प्रशासन कुतैबाट पनि पार्क बन्द गर्ने निर्देशन आएको छैन,’ अध्यक्ष भण्डारीले भने,‘तर हामी आपसमा दुरी कायम गरेर पार्कभित्र प्रवेश गर्नुहोस भनेर सल्लाह दिन्छौं ।’

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *