२०८३ असार २८ गते आइतवार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दाङ,माघ ९ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर बस्ने अन्दाजी २५ वर्षिय अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने राम प्रसाद सापकोटा घाइते भएका छन ।

आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

उनको टाउकामा गहिरो चोट लागेको छ ।

दुर्घटनामा घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *