२०८३ मङ्सिर १० गते बुधवार

१२ किसानले पाए कृषक पेन्सन

बाँके,माघ ९ । बाँकेको नरैनापुर गाउपालिकाले आफ्नो नीति तथा कार्यक्रममा घोषित कृषक पेन्सन कार्यक्रम कार्यान्वयनमा ल्याएर वितरण समेत गरेको छ ।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि कृषक पेन्सन कार्यक्रम लागू गर्ने नरैनापुर प्रदेशमै पहिलो पालिका भएको दाबी गरिएको छ ।

गत असारमा सम्पन्न गाउसभाले पारित गरेको कृषक पेन्सन कार्यक्रममा चालु आर्थिकमा १२ जना कृषकलाई छनौट गरी जनही २ हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

उनले कृषक पेन्सन कार्यक्रम कार्यान्वयनमा ल्याउने नरैनापुर सके मुलकमै नत्र प्रदेशमा पहिलो पालिका समेत हुन सक्ने दाबी गरे ।

उनले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान २ हजारका दरले कृषक पेन्सन कार्यक्रम सुरु गरेको बताए ।

उनले नरैनापुर गाउपालिकाले कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यवसायिक पशु पालक कृषक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण समेत गरेको जानकारी दिए ।

गाउपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यवसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन ।

नरैनापुर गाउपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले दिएको जानकारी अनुसार वडा नं. ५ का १९ कठ्ठामा व्यवसायिक तकारी खेती गर्ने हस्मत अली साई, वडा नं. ५ का हमिद मुकेरी १४ उनले कठ्ठामा व्यवसायिक तरकारी गर्दै आएका छन् ।

यसैगरी १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नं ४ दौलतपुरका धनविर थारु, १० कठ्ठमा तरकारी खेती गर्ने वडा नं. २ का रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्ने वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेकी छन ।

पशु पालक किसानबाट कृषक पेन्सनमा छनौट हुने ६ जना किसानहरुमा वडानं. ६ का अमरलाल मौर्य रहेका छन् । उनले २ हजार कुखुरा पालेका छन् ।

५ गाई र ४९ वटा भैसी पालेका वडा नं. ५ का वलियासार यादव र वडानं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन ।

यसैगरी पशु शखाबाट कृषक पेन्सनमा पर्ने ६ जना अगुवा किसानमा वडानं. ५का हरिशंकर मुराउ परेका छन् उनले २७ भैसी पालेका छन्, वडानं. ४का छोटेलाल राढले ६९ गाई र ५० बाख्रा पालेका छन् र वडानं. ५ का रामसुमत यादवले २ गाई २१ भैसी पालेका छन् ।

शाखा प्रमुख भण्डारीले कृषक पेन्सनका लागि व्यवसायिक कृषि कर्म गर्ने तथा पशु पालनलाई व्यवसाय बनाउनेहरुलाई आधार बनाएर छनौट गरिएको बताए ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *