शिव राज खनाल, लमही, माघ ८ । नेपाल कुमाल समाज सुधार समिति दाङको नवौं जिल्ला अधिवेशन शनिवार लमहीमा भएको छ ।
अधिबेशनले रामलाल कुमालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा रचना कुमाल , सचीव खुशलबहादुर कुमाल,सहसचीव राजु कुमाल , कोषाध्यक्ष सीता कुमाल , सहकोषाध्यक्ष ललित कुमाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा पुनाराम कुमाल , गणेश कुमाल, अनिल कुमाल, बशन्तबहादुर कुमाल र पूर्णवती कुमाललाई चयन गरिएको छ ।
अधिबेशनले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जस्को बरिष्ठ सल्लाहकारमा रामबहादुर कुमाल , कानुनी सललाहकार कुलराज कुमाल र डिलबहादुर कुमाल रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले आफ्नै भाषा सस्कृति र पेसा बाट टाढा कुमाल समुदाय पछि पर्न नहुने बताए ।
समय र परिस्थिति अनुसार पेसालाई अगाडि बढाउदै लैजान उनले आग्रह गरे ।
त्यस्तै नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय उपाध्यक्ष लिलाबहादुर कुमालले कुमाल समुदायको उत्थान र बिकाशका लागि सम्पूर्ण कुमाल एक जुट भएर अगाडि बर्नुपर्ने बताए । आफ्नो हक र अधिकारलाई सुनिश्चित गर्न बलियो आधार एकता नै भएको उपाध्यक्ष कुमालले जोड दिए ।
कार्यबाहक अध्यक्ष रामबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा अर्थिक प्रतिवेदन जिल्ला कोषाध्याक्ष रामलाल कुमालले प्रस्तुत गरेका थिए ।