२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुर नगर जेसिजमा नयाँ पदाधिकारीलाई पद हस्तान्तरण


तुलसीपुर, माघ ८ । तुलसीपुर नगर जेसिजको १०औ पदस्थापन कार्यक्रम शनिबार भएको छ ।
तुलसीपुर नगर जेसिजका सन २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) को अध्यक्षता तथा जेसीजका केन्द्रीय अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा एक समारोहका बीच एकान्त होटेलमा पदहस्तान्तरण कार्यक्रम भएको हो ।


कार्यक्रममा सन २०२२ का अध्यक्ष केशवराज केसीलाई यसअघिका अध्यक्ष भट्टराईले सपथ खु्वाउँदै पदहस्तान्तरण गराएका थिए । केसी केही समय पहिले मानबहादुर बस्नेतलाई मतदान मार्फत पराजित गर्दै जेसिज अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसक्रममा सन २०२२ का कार्यकारिणी उपाध्यक्ष चेतन कँडेल, सन्दिप भुसाल, उपाध्यक्ष सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र वली, कान्तुराम खनाल र सचिव सुरज भण्डारी लगाएतका नयाँ पदाधिकारी तथा सदस्यलाई पनि सपथ खुवाइएको थियो ।
पदहस्तान्तरण कार्यक्रममा पञ्चेबाजासहित फूल माला लगाएर नयाँ पदाधिकारीलाई स्वागत गरिएको थियो । युवाको नेतृत्व र क्षमता विकाश गर्ने लक्ष्य लिएको जेसिजको नयाँ पदाधिकारीलाई पदास्थापन कार्यक्रम निकै आकर्षक र उत्साहप्रद थियो ।
त्यसक्रममा अध्यक्ष केसीको जीवनी र ब्यक्तित्वबारे अडियो भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो ।
तुलसीपुर नगर जेसीजका कार्यक्रम संयोजक सुरज भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जेसी मोहन स्वर्णकारले गरेका थिए ।

कार्यक्रममा प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्टराईलाई, एथलेटिक्स प्रशिक्षक पदमा चौधरी,सापकोटा पोल्ट्री फर्मका युवा ब्यवसायी रुद्रमणी सापकोटा, राप्ती प्रादेशिक अस्पताल कोरोना ईकाई तुलसीपुरका कोरोना फोकल पर्सन दोर्ण वली र तुलसीपुर शिक्षा महाशाख प्रमुख चक्र भण्डारी लगाएतलाई जेसिजको विकाशमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै प्रमाणसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *