तुलसीपुर,माघ ८ । नेपाल घरबहाल सरोकार संघ दाङले तदर्थ समिती गठन गरेको छ ।
शनिबार तुलसीपुरमा बसेको भेलाले युबराज बस्नेतको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिती चयन गरेको हो ।
भेलाले सघको उपाध्यक्षमा प्रकाश अधिकारी,सचिबमा किशोर गौतम, कोषाध्यक्षमा लेकप्रशाद शर्मालाई चयन गरेको छ ।
घरबहालमा बस्ने,घरबहालमा बसि ब्यापार/ब्यबसाय गर्ने ब्यक्ति तथा सस्थाहरुको हकहितका लागि सरकारी/गैरसरकारी तथा घर बहाल दिने घर बेटिसग समन्वय गरि विभिन्न समस्याहरूलाई पहिल्याउदै समस्याहरु निराकरण गर्ने मुख्य उदेश्यले उक्त सघ गठन गरिएको सचिब किशोर गौतमले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार