२०८३ असार २८ गते आइतवार

आज सर्वदलीय बैठक नबस्ने

काठमाडौं, माघ ८ । चुनाव लगायत विभिन्न विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको सर्वदलीय बैठक स्थगित भएको छ।

बालुवाटारमा शुक्रबार सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकले चुनाव र सम्सद सुचारूलगायत विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको तयारी गरेका थिए।

‘हिजो राजनीतिक समन्वय समिति बैठकले सर्वदलीय बैठक गर्ने निर्णय गरेको थियो, भोलिसम्म बैठक बस्ला,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो, ‘आज बैठक बस्दैन।’

सत्तारुढ गठबन्धनमा तीनै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि शुक्रबार छलफल भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिले स्थानीय तहको चुनाव हुनुपर्ने बताइरहेको छ।

जेठ भन्दापछि स्थानीय तह चुनाव धकल्ने प्रयास एमालेले स्वीकार नगर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *