तुलसीपुर,माघ ६ । सञ्चारिका समुह दाङको अध्यक्षमा सुलोचना गौतम चयन भएकी छिन । सञ्चारिका समुह दाङ शाखाको दोस्रो अधिवेशन तथा साधारण सभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुधासुमन ढकाल,सचिवमा निरला अर्याल,सहसचिवमा दिप्तीशिखा चौधरी,कोषाध्यक्षमा अन्जना चोधरी रहेका छन ।
त्यस्तै समितिको सदस्यहरुमा यमकला भुसाल,उमा भण्डारी,देवी भण्डारी,सरिता चौधरी,रमा नेपाली,भावना सुवदी सर्वसम्मत चयन भएका छन । अब थप दुई जना सदस्य मनोनित गरिने छ ।
बिहीवार तुलसीपुरमा भएको दोस्रो अधिवेशन तथा साधारण सभा कार्यक्रमका बक्ताहरुले पछिल्लो समय पत्रकारिता पेसा प्रति महिलाको आकर्षक घटदो क्रममा रहेको भन्दै चिन्ता जाहेर गरे ।
महिलालाई पत्रकारिता क्षेत्रमै टिकाइ राख्न समयमै ऐन अनुसार न्युनतम पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित मिडिया हाउसहरुमा पहल गर्न जरुरी रहेको उनीहरुले जोड दिए ।
कार्यक्रमकीप्रमुख अतिथि डब्लुडब्लुजेकी लुम्बिनी प्रदेश संयोजक लिला शाहले पत्रकार महासघं केन्द्रको तथ्याङ्क हेर्दा २१ प्रतिशत मात्र पत्रकार महिलाहरु रहेको जानकारी दिइन ।
नेपाल भरको तथ्याङ्क हेर्दा २१ प्रतिशत मात्र महिला पत्रकार रहेको र तिमध्ये पनि सक्रिय भएर पत्रकारिता गर्ने एकदमै न्यून रहेको उनले बताइन ।
उनले नीतिगत त्रुटिका कारण न्यूनतम पारिश्रमिक नपाएरै दिनानुदिन पत्रकारिता पेसाबाट महिलाहरु पलायन हुदै गएको भन्दै चिन्ता व्यक्त गरिन । पत्रकारितामा महिला सहभागिता अत्यन्त आबस्यक रहेको भन्दै उनले अब छरिएर रहेका पत्रकार महिलालाई समेटेर अगाडि बढान नयाँ कार्यससमितिलाई सुझाव दिइन ।
‘इतिहासलाई हेर्दै सत्य कुरा बाहिर ल्याउन प्रयत्न गरौ,’ शाहले भनिन्, ‘यो पेशाप्रति आफ्नो निष्ठालाई बचाएर राख्ने हाम्रो दायित्व हो ।’
उनले पत्रकार महिलाका फोरम उठाउदा राजनीतिक दल–दलबाट मुक्त भएर उठाउनु पर्ने बताइन । साथै उनले पत्रकार महिला मिलेर महासघंमा पत्रकार महिला हित कोष बनाउन सकेमा समस्यामा परेका पत्रकार महिलालाई सहयोग गर्न थप मद्दत पुग्ने बताइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले श्रमको उचित मूल्य नपाएकै कारण पत्रकारितामा महिलाको सहभागिता न्यून हुदै गएको तथ्य प्रस्तुत गरिन ।
गौतमले जब सम्म महिलाहरु आर्थिक रुपमा बलियो हुदैन्न तब सम्म उनीहरु घर बाहिर निस्कन नपाउने र अन्याय सहेर बस्नुपर्ने बाध्यता सिर्जना हुने तर्क गरिन । उनले आफ्नो हक अधिकारका लागि आफै आवाज बुलन्द गर्न जरुरी रहेको बताइन ।
‘हामी आफैले आफुलाई ठग्दा पछि परेका छौँ,’ उनले भनिन् ‘श्रमको उचित मूल्य पाउनु पर्छ भनेर आवाज उठायौं भने मात्रै सिंगो पत्रकार महिलाको मुद्दामा आवाज उठाउन सकिन्छ ।’
त्यस्तै उनले पुरुष पत्रकार र महिला पत्रकारमा श्रमको विभेद हुने गरेको बताउँदै अब महिलाहरु सक्रिय भएर फिल्ड रिपोटिङ्मा हिड्नुपर्ने बताइन । ‘सक्रिय नभएकै कारण अझै पनि महिलालाई डेक्समा मात्रै समिति गराइन्छ,’ उनले अगाडि भनिन,‘अब पुरुष सरह महिला पनि फिल्ड रिपोर्टिङमा जान अत्यन्त जरुरी छ ।’
उनले राम्रो पत्रकार बन्न र समाजमा आफ्नो पहिचान बनाउन खोजी पत्रकारितामा सक्रिय भएर लाग्नुपर्ने बताइन । त्यस्तै उनले पत्रकार महिलाहरुको सवालमा उनीहरुको क्षमता अभिबृद्धिको लागि महासघंमा पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरिन ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुलोचना गौतमले सबैलाई समेटेर सहकार्य गर्दै सक्रियताका साथ संस्थाका गतिविधिलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन ।
त्यस्तै महासघं दाङका कोषाध्यक्ष एवं रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीले पत्रकार महिलाहरुको क्षमता बिकासका लागि इट्टा थप्ने काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए ।
सञ्चारिका समुह दाङका संस्थापक अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
समितिकी सदस्य उमा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव निरला अर्यालले गरेकी थिइन ।