२०८३ असार २८ गते आइतवार

महामारीमा जनताको स्वास्थ्यप्रति गम्भीर बनः कांग्रेस

घोराही, माघ ६ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले कोरोना महामारीको समयमा जनताको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

क्षेत्रीय समितिको आज बिहिवार बसेको बेठकले महामारीको समयमा सर्वसाधारणहरुलाई सहज तरिकाले खोपको व्यवस्था गर्न माग गरेको हो । महामारीको समयमा सर्वसाधारण जनताहरुलाई सहज रुपमा कोरोना भाईरस विरुद्धको खोप उपलब्ध गराउन संघिय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीका विरुद्धको सचेतनामा लाग्न र महामारीका कारण समस्यामा परेका समाजका अति विपन्न परिवारलाई सहयोग गर्न सम्पूर्ण पालिका तथा वडा ईकाई समितिहरुलाई अनुरोध गरेको छ ।

साथै स्वास्थ्य मापदण्ड पालना गरेर महामारीबाट बच्न सम्पूर्णमा कांग्रेसले अनुरोध गरेको छ ।

बैठकले वडा ईकाई समितिहरुको माग अनुसार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस्तै क्षेत्रीय कार्यालयको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *