२०८३ मङ्सिर १० गते बुधवार

शिक्षक बुढाथोकीले बुवाको संझनामा बिद्यालयमा निर्माण गरे सरस्वतिको मन्दिर

देविराम कुसारी, गोल्टाकुरी, माघ ६ । माध्यामिक विद्यालय दंगीशरण २ मधपुरका शिक्षक खेमराज बुढाथोकीले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरेका छन ।


शिक्षक बुढाथोकीले विद्यालयका पूर्व प्रधानाध्यपक स्वर्गिय पिता बिजुलीप्रसाद बुढाथोकीको स्मृतिमा मन्दिरको निर्माण गरेका हुन ।


आफ्नै करिब दुई लाख लागतमा मन्दिर निर्माण गरेको शिक्षक बुढाथोकीले जानकारी दिए ।


बिहिबार बिजुलीप्रसादकी श्रीमती यमकला बुढाथोकीले मन्दिरको पूजा गरी नव निर्मित सरस्वति मन्दिरको उद्घाटन गरिएको हो ।


विद्यालयमा हालसम्म सरस्वति मन्दिर नभएको हुँदा बुवाको स्मृतिमा मन्दिर बनाउँदा पाउँदा खुसी लागेको छोरा तथा शिक्षक खेमराज बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *