२०८३ असार २७ गते शनिवार

बिकाश पुनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

तुलसीपुर , माघ ४ । केन्द्रीय अनुसन्धान ब्यूरोलेले सोमबार काठमाडौंमा पक्राउ गरेका दाङ घोराहीका बिकाश पुनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ ।

मंगलबार काठमाडौंबाट दाङ ल्याइएका पुनलाई सात दिन थुनामा राखेर अनुन्धान गर्न जिल्ला अदालतबाट म्याद थप भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

कपिलबस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधार पुन पक्राउ परेका हुन ।


घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी पुन बिरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् ।

त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *