दाङ, माघ ५ । बाँकेमा एक जना नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ६४ बर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित सोमबार पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबिन्द्र घिमिरेले जानकारी दिए ।
गत सोमाबार दिउँसो ४ बजेतिर नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष थारुसहित कोहलपुर नगरपालिका वडा नं. ११ को नेपाल टेलिभिजनको कोहलपुर कार्यालय पछाडिबाट स्थानीय ३७ धुर्बकुमार थारु, २५ सुरज थारु , र ३४ सुन्दर थारुलाई ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी घिमिरले बताए ।
जिल्ला अदालत बाँकेले पक्राउ परेका वडाध्यक्षसहित चार जना बिरुद्ध घटना अनुसन्धानका लागि मंगलबार पाँच दिनको म्याद थप भएको डिएसपी घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार