२०८३ असार २८ गते आइतवार

भेटाएको नगद प्रमाण सहित लैजान आग्रह

देविराम कुसारी,गोल्टाकुरी, माघ ४ । दंगीशरण गाँउपालिका वडा नं.१ रामपुरका नारायण चौधरीले भेटाएको नगद विस्वाशिलो आधार दिएर लैजान आग्रह गरेका छन् ।

प्रहरी चौकी कालिका बर्दियामा ट्राफिक प्रहरीमा कार्यरत चौधरीले घोराही–तुलसीपुर सडक खण्डमा ६२ हजार ८ सय नगद भेटाएको फोन गरेर जानकारी दिएका हुन।

उनले जति सक्दो चाडो र बलियो आधार दिएर रकम लैजान हामी मार्फत अनुरोध पनि गरेका छन् ।

सो रकम एक सवारीको साधानवाट खसेको र आफुले हरन दिदा पनि सावरीको साधन अगाडी गएपछि रकम उठाएको चोधरीले बताए।

उनले सवारीको साधनको प्रकार, सवार यात्रुको संख्या र लिंगका बारेमा हामीलाई जानकारी दिए पनि प्रहरीलाई रकमको खास मालिक पत्ता लगाउन सजिलोको लागि त्यी सबै गोप्य राखिएको बताए ।

यसरी रकम भेटाए पछि चौधरीले १००, इलाका प्रकरी तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीलाई जानकारी दिएका थिए ।

भेटाएको रकम गोल्टाकुरी प्रहरी चाकीका प्रमुख दिनेश विसिको समन्वयमा आजै ईलाका प्रहरी कार्यालय तुलसीपुर बुझाइने भएको छ ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *