२०८२ माघ १ गते बिहिवार

सल्यानमा लेखपालमाथि कुटपिट गर्ने युवक पक्राउ


दाङ, माघ ३ । सल्यानमा सरकारी कर्मचारीमाथि कुटपिट गर्ने युवकलार्य सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागचौर नगरपालिकाका लेखापाल प्रदीप डाँगीमाथि आइतबार पौने ५ बजेतिर आक्रमण गरेको अभियोगमा बागचौर ७ का २६ वर्षीय टिकाराम वली पक्राउ परेका छन् ।
आइबार बेलुकी पख कार्यालयको काम सकेर कोटबाराबाट थारमारे तर्फ रा १ ब १००३ नम्बरको मोटरसाइलमा फर्किने क्रममा लेखापाल डाँगीमाथि वलीले आक्रमण तथा कुटपिट गरेका थिए ।
वलीको आक्रमणबाट लेखापाल डाँगीको टाउको, ढाड, हात लगाए शरिरका बिभिन्न भागमा घाउ चोटहरु लागेको प्रहरीले जानकारी दिएको छ ।
लेखापाल डाँगीको मोटरसाइकल तोडफोड हुनुको साथै मोबाइलपनि वलीले त्यसक्रममा फोडी दिएको प्रहरीले जनाएको छ ।
कार्यालयकै कामको सिलसिलामा बागचौर ७ कोटबारा पुगेर फर्किने क्रममा बागचौर २ का लेखापाल डाँगीमाथि बालकन्या माध्यमिक विद्यालय नजिकै वलीले बाटो ढुकेर कुटपिट तथा आक्रमण गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।
सोमबार बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले विज्ञप्ति जारी गर्दै लेखापाल डाँगीमाथि भएको आक्रमणको भत्सर्ना गर्दैै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *