दाङ, माघ ३ । बाँकेमा नरभक्षी बाघको खोजी कार्य सोमबार बेलुकादेखि स्थगित गरिएको छ ।
बिगत ६ दिनदेखि दुईवटा पाडा जंगलमा बाँधेर बाघको पहिचान र नियन्त्रणमा लिन गरिएको प्रयास सफल हुन नसकेपछि खोजी कार्य बन्द गरिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले बाघको चारोको लागि भनेर किनेर ल्याइएका दुई पाडाहरु फिर्ता गरिएको जानकारी दिए ।
बाघको खोजी कार्यमा प्रयोग गरिदै आएका दुई हात्तीहरु समेत फिर्ता गरिएको छ । गत असोजमा बाघलाई लोभ्याउनका लागि यसैगरी एउटा पाडो जंगलमा राखिएको थियो । त्यो प्रयासपनि सफल हुन सकेको थिएन ।
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार