२०८३ भाद्र ११ गते बिहिवार

संसद बैठक स्थगित

काठमाडौँ,माघ ३ । संसदका दुबै सदनका बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक माघ १६ गते बोलाइएको छ भने राष्ट्रियसभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ।

कोरोना संक्रमणको जोखिमका कारण भन्दै माघ ३ गते बोलाइएको प्रतिनिधिसभा दुई साता पर धकेलिएको छ। भने माघ ३ गते नै बोलाएको राष्ट्रियसभाको बैठक पनि अनिश्चित कालका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभाको बैठक पुस ७ गतेदेखि निरन्तर स्थगित हुँदै आएको छ। प्रतिनिधिसभा बैठक पुस १८, पुस २२ , पुस २८ र पुस ३ गते स्थगित भएको हो। राष्ट्रियसभाको बैठक पनि पुस ५ गतेपछि अनिश्चतकालका लागि स्थगित गरिएको थियो।

पछि पुस २५ गते बैठक बोलाइएको थियो। त्यसपछि पुस २७ गते बोलाइएको थियो भने माघ ३ गते बोलाइएको थियो।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *