२०८३ मङ्सिर १० गते बुधवार

चितवनमा हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु


चितवन, माघ २ । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट नेपाली सेनाका एक जनाको मृत्यु भएको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साइकलमा रात्रीकालिन गस्तीमा निस्किएका उनी माथि पौने ७ बजेतिर धुब्रे हात्तीले आक्रमण गरेको थियो। घाइते सैनिकको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको जानकारी दिइएको छ ।
चार जनाको सैनिक टोली गस्तिमा गएको र अन्तिममा रहेका अमल्दार थापालाई हात्तीले आक्रमण गरेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *