२०८१ बैशाख ७ गते शुक्रवार

लेनदेन मुद्दामा २ बर्ष कैद तोकिएका गुप्ता पक्राउ


दाङ, पुस ३० । लेनदेन मुद्दाका दुई बर्ष कैद तोकिएको एक युवा घोराहीमा पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८ का २८ बर्षीय राजेन्द्र गुप्ता पक्राउ परेका छन् । दाङ जिल्ला अदालतले २०७७ पुस २९ गते लेनदेन मुद्दामा दुई बर्ष कैद तोकेको थियो ।
लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा घोराही १५ तुलसीपुर चोकबाट बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
गुप्तालाई शुक्रबार अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *