२०७८ माघ १० गते सोमवार

हेकुलीमा ट्याक्टरमा अटोरिक्सा पछाडिबाट ठोक्किदा एक जनाको मृत्यु, चालक गम्भीर घाइते

तुलसीपुर, पुस ३० । दाङमा हेकुलीमा रोकिराखेको ट्रयाक्टरमा पछाडिबाट अटो रिक्सा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अटो चालक गम्भीर घाइते छन् ।

अटोमा सवार दंगीशरण गाउँपालिका वडा नं. ४ का ५० बर्षीय दीपक बुढाथोकीको उपचाकार क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते अटो चालक दंगीशरण ३ हेकुलीका २७ बर्षीय मनिष चौधरीको बाँकेको कोहलपुरमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घाइते दुवै जनालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो ।

बिहीबार बेलुका साढे ७ बजेतिर तुलसीपुरबाट हेकुली तर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो सडक किनारमै रोकेर राखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टर संग दंगीशरण ४ हेकुली चोकमा पछाडिबाट ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर चालकको खोजी भइरहेको छ । ट्याक्टर भने प्रहरीले नियन्त्रणमा छ ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *