
तुलसीपुर, पुस २९ । घोराहीमा सामान किनेको पैंशा माग्दा आँफुलाई प्रहरीको सई हुँ भन्दै पशलेलाई थर्काउने एक युवक पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १५ का अन्दाजी ४० बर्षीय रामबहादुर बस्नेत पशलेलाई पैंशा नदिन नक्कली सईको नाटक गरि ठगी गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन ।
जिल्ला मालपोत कार्यालय नजिकैको रहेको एक पशलमा बुधबार बस्नेतले दुई वटा बल्याङकेट लगेपनि पशलेले पैंशा माग्दा आँफु प्रहरीको सई हुँ भन्दै पैंशा नदिएर गएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
‘पशलेले पैंशा माग्दा बस्नेतले आँफु प्रहरीको सिआईडी हुँ रहेको तथा आँफु ब्यूरोको सई हो भन्दै थर्काएको गुनासोको आधारमा नियन्त्रणमा लिनुपरेको हो,’ एसपी काफ्लेले भने ।
यसअघि पनि बस्नेतले रामपुर क्षेत्रका केही स्थानीयलाई समेत आँफु प्रहरीको सई हुँ भन्दै धम्क्याउने गरेको खुल्न आएको एसपी काफ्लेले बताए ।
यसअघिका केही प्रहरी संग निकट सम्बन्ध र सम्पर्कका कारण बस्नेतले सर्वसाधारणलाई पहिलेदेखि नै थर्काउने गरेको गुनासो आएको एसपी काफ्लेले जानकारी दिए ।
एसपीले भने – ‘प्रहरीकै आड भरोसा पाएरै बस्नेतले बदबासी गर्ने गरेको देखियो।’ बस्नेतमाथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।