प्यूठान,पुस २९ । चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ ।
प्यूठान नगरपालिका–५ का स्थानीय ४६ वर्षीय गोरबहादुर कामीको मृत्यु भएको हो।
बुधबार साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
