
तुलसीपुर, पुस २७ । तुलसीपुरका एक युवाले आफ्नो जन्म दिनको अबशरमा तुलसीपुरको डुम्रीगाउँस्थित दिदी घर संस्थालाई दश हजार बराबरको खाद्यान्न तथा स्टेसनरी सामाग्री बितरण गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिपका वडा नं. ११ का युवा गुरु केसी (आशिष) ले मंगलबार आफ्नो जन्मदिनको अवशरमा दिदी घर संस्थामा बस्दै आएका अनाथ बालबालिकाको लागि चामल, दाल, कापी, कलम लगाएतका खाद्या सामाग्री बितरण गरेका हुन ।
केसीले तीन बोरा चामल, एक बोरा दाल, कापी, कलम, चक्लेट, बिस्कुट लगाएका सामाग्री संस्थाकी सञ्चालक श्यानी चौधरी तथा बालबालिकालाई संस्थामै पुगेर बितरण गरेका हुन ।
आफ्नो जन्म दिनको अबशरमा कापी, कलम लगाएत खाद्य सामाग्री प्रदान गरेकोमा त्यहाँ रहेका बालबालिका तथा संस्थाकी सञ्चालक चौधरीले दाता केसीलाई धन्यबाद ज्ञापन गरेका थिए ।
आफ्नो जन्मदिनको दिन आफ्ना साथीहरुका साथ दिदी घर संस्थामा पुगेर बालबालिकाको लागि केही सहयोग गर्न पाएकोमा खुसी लागेको केसीले बताए।

‘असल समाज निर्माणका लागि हरेक नागरिकको सामाजिक उत्तरदायित्व रहन्छ,’ केसीले भने ‘त्यसमापनि अनाथ बालबालिकाको हौसला र सहयोगका लागि थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’
संस्थाकी सञ्चालक चौधरीले बिभिन्न पर्व, उत्सव तथा जन्म दिनहरुमा बिभिन्न ब्यक्तिहरुले दिने खाद्यान्न लगाएत स्टेसनरी सहयोगले बालबालिका उत्साहित हुने तथा आँफुलाई पनि समाजिक कार्यमा लागि रहन प्रेरणा मिल्ने बताइन ।
करिब २०६०को दशकदेखि अप्ठेरोमा परेका बालबालिकालाई संरक्षण, बसोबासको ब्यबस्था, शिक्षा जस्ता कुराको प्रबन्ध गर्दै आएकी चौधरीले संस्थामा हाल २४ जना जति बालबालिका बस्दै आएको जानकारी दिइन ।

त्यसका लागि तुलसीपुर ६ डुम्रीगाउँस्थित आफ्नै भवन र तुलसीपुर १३ स्थित आफ्नो जग्गा जमिनमा निर्मित घरमा बालबालिका बस्दै आएका छन् । पुस महिनादेखि केटालाई छुट्टै तुलसीपुर १३ मा राख्न थालिएको चौधरीले बताइन । डुम्रीगाउँमा हाल केटीलाई मात्रै राखिएको छ ।
दिदी घर संस्थाका ती सबै बालबालिकाले तुलसीपुरस्थित अरनीको बोर्डिङ स्कूलमा पढ्दै आएका छन् । संस्था सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाको बालबालिका शाखाले पनि आर्थिक साहेता गर्दैै आएको छ ।
त्यस्तै बिभिन्न देशबाट ब्यक्ति बिशेषले संस्था सञ्चालनका लागि आर्थिक साहेता गर्दै आएको चौधरीले बताइन ।
बिभिन्न उत्सव, पर्व, जन्मदिनमा सहयोग दिन आउनेहरु संग भने संस्थाले खाद्यान्न तथा स्टेसनरी सहयोग मात्रै लिने गर्छ ।