२०८३ भाद्र ११ गते बिहिवार

भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डौ,पुस २७ । आज देशभरको मौसम आंशिक बद्ली रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ ।

भोलि पनि प्रदेश–१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपात हुनेछ ।

देशका अन्य प्रदेशमा भने मौसम सफा नै रहने अनुमान गरिएको छ । हुम्लामा भने हिजोअस्ति जस्तो आज हिमपात नहुने मौसमविद्ले बताएका छन् । धेरैजसो ठाउँमा केही दिनयता पारिलो घाम लागेको छैन ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *