२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुर नगर जेसीज बर्ष २०२२ को अध्यक्षमा केसी निर्बाचित


तुलसीपुर, २७ पुस । तुलसीपुर नगर जेसीजमा नयाँ नेतृत्व चयन भएको छ ।

जेसीज बर्ष २०२२को अध्यक्षमा केशवराज केसी निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा मानबहादुर बस्नेतलाई पछि पार्दै केसी अध्यक्ष पदमा निर्वार्चित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक मोहन स्वर्णकारका अनुसार तुलसीपुर नगर जेसीज २०२२ का लागि कार्यकारिणी उपाध्यक्षमा चेतन कँडेल, सन्दिप भुसाल, उपाध्यक्षमा सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल र सचिवमा सुरज भण्डारी निर्वाचित भएका छन् ।

त्यस्तै अन्य पदमा भने अध्यक्षले मनोनयन गर्नेछन् ।

नयाँ नेतृत्व चयनका लागि लामो समयसम्म सहमतिको प्रयास भएपनि सहमति जुट्न नसकेपछि सोमबार निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरिएको हो ।

तुलसीपुर नगर जेसीजमा एक कार्यकालका लागि मात्रै निर्वाचन भएको थियो भने अन्य नेतृत्व सर्वसम्मत चुनिदै आएका थिए ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *