२०८३ असार २७ गते शनिवार

रुकुमपश्चिममा रुपकको शब नेपाल आयो

तुलसीपुर, पुस २६ । अफ्रिकी मुलुक घानामा मृत्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको शव सोमबार नेपाल आइपुगेको छ ।

गैर कानुनी रुपमा अमेरिका जान हिडेका रुपक बिरामी परेपछि एजेन्टले घानाको एयरपोर्टमै उनलाई अलपत्र छोडेका थिए ।

त्यसपछि त्यहाँ रहेका नेपालीले उद्धार गरि अस्पताल पु¥याएपनि उनको उपचाकार क्रममा गत मंसिर ११ गते मृत्यु भएको थियो ।

शब नेपाल आइपुगेपछि सोमबार नै काठमाडौंबाट रुकुमस्थित उनको घरमा लैजान थालिएको संगै रहेका रुकुमका युवा तारक केसीले जानकारी दिए ।

मृत्यु भएको डेढ महिना पछि मात्रै शब नेपाल आइपुगेको हो ।

लामो प्रयास पछि बल्ल शब ल्याउन संभव भएको केसीले जानकारी दिए ।

घानामा नेपाली दुताबास नहुनु र गैरकानुनी रुपमा अमेरिका हिडेको हुँदा शब ल्याउन लामो प्रयास गर्नु परेको बताइएको छ ।

त्यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको भने शब ल्याउन संभव नभएपछि गत मंसिरमा पेरुमै अन्तेष्टि गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

त्यहाँ रहेका नेपालीको सहयोगमा घटनाको पाँच दिनपछि साहिलको पेरुमै अन्त्येष्टि गरिएको बताइएको छ ।

उनीपनि गैरकानुनी रूपमा अमेरिका जाँदै थिए ।

हिडिरहेको समयमा ढलेका उनको हृदयघातका कारण मंसिर २० गते मृत्यु भएको जानकारी दिइएको थियो ।

तस्बिर : तारक केसी ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *