तुलसीपुर, पुस २६ । दाङ प्रहरीले लागु औषध मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ का २४ बर्षीय आशिष केसीलाई सोमबार घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।
कपिलबस्तु जिल्ला अदालतले गत भदौ ३१ गते केसीलाई नौं महिनाको जेल सजाएको फैसला सुनाएको थियो ।
त्यसयता फरार रहँदै आएका केसीलाई सोमबार बिहान घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार