
तुलसीपुर, पुस २६ । इलाका प्रहरी भालुवाङले चोरी गरेर लुकाउन जमिन मुनी गाडेर राखेका पाँच तोला सुनका गरगहना फेला पार्न सफल भएको छ ।
जिल्लाको राप्ती गाउँपालिका वडा नं.१ की गंगादेबी क्षत्रीको घरबाट शनिबार राति पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले चोरीबारे जाहेरी आएपछि घर परिवारका सदस्य र नजिकका आफन्त गरि २५ जना जतिलाई घटना अनुसन्धानका लागि आइतबार कार्यालय बोलायो ।
सबैसंग छलफल गर्ने क्रममा गंगादेबीकी छोरीको छोरा राप्ती गाउँपालिका वडा नं। १ माथिल्लो भालुवाङका १८ बर्षीय वशन्त खत्रीको कुरा शंकाष्पद थिए ।
तर, प्रहरीलाई सबुद प्रमाण बिना त्यसै चोर खुट्याउन पनि सहज थिएन । त्यसैले प्रहरी निरीक्षक भट्टले खत्रीको निगरानीका लागि साधा पोशाकका प्रहरी परिचालन गरे ।
उनका गतिबिधि थप शंकाष्पद देखिएपछि प्रहरीले आइतबार बेलुका फेरि वशन्तलाई इप्रका भालुवाङमा बोलायो ।
त्यतिखेर खानतलासी गर्दा उनको साथबाट मोवाईलमा प्रयोग हुने ७÷८ वटा सीमकार्डहरु फेला परे । त्यही क्रममा वशन्तले एउटा सीमकार्ड प्रहरी कै अगाडि मुखले चपाइ दिए ।
त्यो घटनाले प्रहरी थप सशंकित बन्यो । चोरीको सुन र नगद कहाँ छ रु भनेर उनले सिधै वशन्तलाई प्रश्न गरे । सत्य छिपेन । वशन्तले आँफु र स्थानीय २३ बर्षीय खेमराज चौधरी मिलेर माउली हजुर आमाको घरबाट चोरी गरेको स्वीकार गरे ।
वशन्तले चोरीको ३९ हजार रकम वडा नं। १ को पछाडिको झुपडीमा लुकाएर राखेको बयान गरे । चौधरीले पाँच तोला सुनका गरगहना रामजानकी मन्दिर पछाडिको जमिनमा खाडल खनेर गरगहना लुकाएर राखेको बयान गरे ।
उनीहरुको बयानको आधारमा प्रहरीले एक ठाउँबाट नगद ३९ हजार र अर्कौ ठाउँबाट पाँच तोला बढी सुनका गरगहना फेला पार्न सफल भयो ।
खत्री र चौधरी प्रहरीको नियन्त्रणमा छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
