२०८२ माघ २ गते शुक्रवार

बस दुर्घटनामा ९ महिने शिशुको ज्यान गयो

तस्बिर – प्रेमबहादुर राम्जा

दाङ, पुस २६ । दाङमा बस दुर्घटना हुँदा नौं महिनाका एक शिशुको मृत्यु भएको छ । दुर्घटनामा परि थप दश यात्रु घाइते भएका छन् ।

भारतको मोतिहारका असिर आलकका छोरा नानु आलमको दुर्घटनामा परि मृत्यु भएको छ । घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँस्थित दोलाई खोला नजिक सोमबार बिहान साढे ३ बजेतिर विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि सुर्खेतको छिन्चु नगरपालिका वडा नं. ९ का १७ बर्षीय दिलबहादुर क्षेत्री, रौतहटको पुर्वाह गाउँपालिका वडा नं.६ का ३४ बर्षीय रामविनायक कुर्मी, पर्साको विरगञ्ज उपमहानगरपालिका वडा नं. १६ का ३५ बर्षीय रतन शाही,भारत विहारका ४० बर्षीय सन्शात खातुन, सोही ठाउँका एन्डिल आलक, बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ का ३८ बर्षीय पुर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका वडा नं. १८ की ३५ बर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका वडा नं.७ का ४५ बर्षीय धनबहादुर रावत, सोही ठाउँका ५२ बर्षीय गोरख रावत रहेको घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते मध्य अधिकाँस डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ । बसमा कुल २० यात्रु सवार रहेका थिए ।

बस सडकदेखि झन्डै २० मिटर जति तल खेतमा पुगेको छ ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *