तुलसीपुर, पुस २५ । घोराहीमा आयोजना गर्न खोजिएको महोत्सव स्थगित भएको छ ।
दाङ जिल्ला उद्योग बाणिज्य संघले माघ ७ गतेदेखि घोराहीमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो । स्थानीय प्रशासनले महोत्सव लगाउन अनुमतिपनि प्रदान गरि सकेको थियो ।
तर, पछिल्लो समय फेरि कोरोना भाइरस संक्रमितको दर दिनानुदिन जिल्लामै बढ्दै गएको हुँदा महोत्सव स्थगित गरिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।
कोरोना महामारी र संक्रमणलाई मध्यनजर गर्दै आमनागरिकको स्वास्थ्य सुरक्षा प्रति संबेदनसिल भइ महोत्सव स्थगित गर्नु परेको अध्यक्ष बुढाथोकीले बताए ।
प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार