तुलसीपुर, पुस २५ । नारायणपुर–घोराही सडकखण्डमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना जीप र टिप्पर संग ठोक्किदा चालकको मृत्यु भएको छ । पछाडि सवार थप दुई जना घाइते भएका छन् ।
दुर्घटनाका घाइते मध्य चालक घोराहरी उपमहानगरपालिका वडा नं. १० का ५३ बर्षीय पदम बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शनिबार बेलुका ७ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस दुर्घटनामा घाइते मध्य वडा नं. १० का ४६ बर्षीय मदन बस्नेत राप्ती स्वास्थ्य बिज्ञानमा उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।
त्यस्तै अर्का घाइते घोराही ११ का ४६ बर्षकै टेकबहादुर बस्नेतलाई भने घोराहीमा प्रारम्भीक चरणको उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार शनिबार बेलुका पौने ७ बजेतिर घोराही तर्फ जादै गरेको रा २ प १८४० नम्वरको मोटरसाइकल घोराही ११ बुकालीडाँडा नजिकै घोराही तर्फ नै जान थालेको लु अ प १२५६ नम्वरको जिपलाई ओभरटेक गर्ने क्रममा सुरुमा जीपसंग ठोकिएर अनियन्त्रित भइ टिप्परमा ठोएिको थियो ।
जिपसंग ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल तुलसीपिुर तर्फ आउँदै गरेको ना ७ ख ५३१२ नम्वरको टिप्परसंग पनि ठोकिदा मोटरसाइकलमा ठोक्किएको डिएसपी रिजालले जानकारी दिए ।
दुर्घटना लगतै जिप चालक र टिप्पर चालकलाई प्रहरी नियन्त्रणको प्रहरीले जनाएको छ ।