दाङ, पुस २४ । बाँकेमा शनिबार फेरि बाघले एक महिलाको ज्यान लिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं। ६ हवल्दारपुरकी ३२ बर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमनबाट ज्यान गएको छ ।
दूई दिन अगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ बर्षीया लिला बिष्टको बाघको आक्रमणबाट ज्यान गएको थियो । शब बाघ बाट छुटाउन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नु परेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्न गएकी थारुको बाघले आक्रमण गरि थारुको ज्यान लिएको जानकारी दिए ।
६÷७ जनाको संख्यामा महिलाहरु माघीको लागि पात टिप्न गएको समयमा केही बेरअघि थारुलाई झम्टिएर मारेको थियो । थारुलाई झम्टिर बाघले लगेपछि संगै रहेका अन्य मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शुक्रबार मात्रै राप्ती सोनारी ५ का बलबहादुर पुन बाघको आक्रमणबाट जोगिएका थिए । उनको एउटा बाख्रो बाघले झम्टिएर लगेको थियो ।
त्यस्तै बुधबार मात्रै राप्ती सोनारी ६ बैजनाथकी ३० दूर्गा थारुलाई बाघले आक्रमण गरेको थियो । पात टिप्न गएकी उनी भने बाघले आक्रमण गरेपछि लडेर जोगिन सफल भएकी थिइन ।
उनले हँसिया प्रहार गरि बाघलाई भगाउन सफल भएकी थिइन । बाघको आक्रमणबाट उनको दुबै पाखुराहरुमा बाघले चिथार्दा घाउहरु लागेपछि उपचार गराउनु परेको थियो ।