२०८३ मङ्सिर १० गते बुधवार

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई कोरोना सङ्क्रमण

काठमाण्डौ,पुस २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार हिजो बेलुका गरिएको पीसीआर परीक्षणपछि सङ्क्रमण पुष्टि भएको हो ।

प्रचण्डले आफ्नै निवासमा आराम गरिरहेका छन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिए । साथै प्रचण्डको सचिवालयले यसबीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । माओवादी केन्द्रले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *