२०८३ भाद्र ११ गते बिहिवार

बैतडीका शिक्षकको राप्ती किनारबाट उद्धार

दाङ, पुस २४ । बैतडीका एक शिक्षकको प्रहरीले राप्ती नदी किनारबाट उद्धार गरेको छ ।

बैतडीको सुर्नया गाउँपालिकाका २३ बर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको हो ।

उनले आफ्नो सामाजिक सञ्जालमा आँफुलाई बिप्लवका कार्यकर्ताले अपहरण गरेको उल्लेख गरेका छन् ।

अपहरण पछि आँफुलाई बाँकेस्थित राप्ती नदी किनारमा रहेको एक सौचालयमा थुनिएको, नाँङ्गै बनाएर कुटपिट गरिएको, अमानबिय ब्यबहार गरेको जस्ता कुराहरु सामाजिक सञ्जालमा लेखेका छन् ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवस्थी कपडा, मोवाई, पैंशा सबै भिजेको अवस्थामा राप्ती नदी किनारमा फेला परेको जानकारी दिए ।
उद्धारपछि अवस्थीलाई भेरी अस्पताल पु¥याएको र न्यानो कपडा किनेर राखेको प्रहरीले जनाएको छ ।

अवस्थीले बैतडीबाट आफुलाई केही युवाहरुले २२ गते बिहान ८ बजे जवरजस्ती गाडीमा हुलेर ल्याएको प्रहरी समक्ष बयान गरेका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *