२०८३ असार २८ गते आइतवार

राष्ट्रियसभाको बैठक पौष २७ गते बस्ने

काठमाण्डौ,पुस २३ । राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ ।

यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारिएको उल्लेख गरेका छन् ।

यसअघि पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेका लागि सारिएको थियो ।

नेकपा एमालेको धेरैजसो जिल्लाको जिल्ला अधिवेशन पुस २४ गते तोकिएकाले एमालेले आफ्ना नेताहरु अधिवेशनमा सहभागी हुनुपर्ने भन्दै बैठक सार्न माग गरेको थियो ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *