२०८२ माघ ८ गते बिहिवार

रामजानकी मन्दिरको मुर्ती चोर्ने युवक पक्राउ

दाङ, पुस २२ । बाँकेको जानकी मन्दिरबाट मुर्ती चोरी गर्ने युवक पक्राउ परेका छन् ।

बिहीबार प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित रामजानकी मन्दिरबाट मुर्ती चोर्ने स्थानीय २५ बर्षीय असरफ बागबानलाई पक्राउ पछि सार्वजनिक गरेको छ ।


बागबानले बुधबार राति १२ बजेतिर मन्दिरबाट चोरी गरेका मुर्ती लगाएका सामाग्री बरामद गरेको छ ।


बागबानले जानकी मन्दिरबाट भगवानका मुर्ती तीन थान, घन्टी पाँच थान, नागदेवताको मुर्ती दूई थान, तामाको लोटा चार थान, त्रिशुल तीन थान, पाला छोप्ने ढक्कन आठ थान, पाला दुई थान, टीका राख्ने थाली एक थान, फलामको सिक्री एक थान लगाएतका सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यलय बाँकेले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *