तुलसीपुर, पुस २२ । मध्यरातमा दाङको लमहीमा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन । घाइते मध्य दूई जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा परि चालक लमही नगरपालिका ५ कोलहीका २५ वर्षीय विनोद चौधरी र लमही २ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार बुटवलमा भइरहेको छ ।
त्यस्तै लमही ५ रातो डाँडाका १८ वर्षीया आकृती पाण्डे, सोही ठाउँकै २० बर्षीया सृजना सुनार, लमहीकै ३७ वर्षीया भानु गुप्ता, लमही ६ देउपुरकी १८ बर्षीया बिनिता लुहारको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।
साथीको बर्थडे पार्टीबाट फर्किने क्रममा लु ३ च ८८० नम्बरको स्कार्पियो बिहीबार बिहान २ बजे दुर्घटना परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार बिष्णु पाण्डेले जानकारी दिए ।
लमही नगरपालिका वडा नम्बर ४ को सीमानामा पर्ने बगैसोताको पुलमा ठोक्किएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकले मदिरा सेवन गरेका कारण उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु पूर्वबाट पश्चिम लमही तर्फ फर्किरहेका थिए ।