२०८३ असार २७ गते शनिवार

मानविय सहायता नेपालले मनायो प्रथम स्थापना दिवस

तुलसीपुर,पुस २१ । मानविय सहायता नेपालले प्रथम स्थापना दिवस मनाएको छ । दंगीशरण गाउँपालिका २ कमलखोलामा बुधवार कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।
सबै खालका प्रकोव प्रभावितहरुलाई मानविय सहायता गर्ने संस्थाको उदेश्य रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि दंगीशरण २ का अध्यक्ष तुलसीराम देबकोटाले सामाजिक सेवा भाबका साथ स्थापना भएको संस्थासंग स्थानीय सरकारपनि सगंसगै सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

कलमखोला आमा समुहको अध्यक्ष सीता बस्नेत,सहभागी रेनुका बिक,पत्रकार सर्मिला डिसी,यमकला भुसाल लगाएतले छोटो समयमा सामाजिक कार्यमा सर्मपित हुनुले सुन्दर भविस्यको कल्पना गर्न सकिने बताए ।
त्यसक्रममा स्थानीय बिष्णुमती दमाई र शशिकला बिकलाई न्यानो कपडा,जुत्ता,शिरक, डसना, बल्याङकेट लगाएत सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष बशन्त पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिब देबिराम कुसारीले गरेका हुन ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *