दाङ, पुस २० । रुकुम पूर्वमा दुई बालकले अर्का एक बालकलाई भिरबाट धकल्दा एक बालको मृत्यु भएको छ ।
जिल्लाको भूमे गाउँपालिका वडा नं.१ का ९ वर्षीय सरेश घर्ती र ८ बर्षीय अमृत घर्तीले भिरबाट धकल्दा स्थानीय ८ बर्षीय जोजो घर्तीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालका अनुसार सोमबार बेलुका ५ बजेतिर स्थानीय खाम्चा जंगलमा गाई चराउन गएका तीन बालकका बीचमा आपसी सामान्ने बिबाद पछि झगडा हुँदा दुई बालक मिलेर जोजोलाई भिरबाट धकेल्दा उनी गम्भीर घाइते भएका थिए ।
टाउको, अनुहार लगाएका शरिरका बिभिन्न भागमा गम्भीर चोट पटक रहेका बालक जोजोको उपचारका क्रममा सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
