२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरका सर्वसाधारणबाट लाखौं ठगी मुद्दामा घले र उपाध्याय पक्राउ

तुलसीपुर , पुस २० । दाङको तुलसीपुरमा कार्यालय खोली समुह बनाउने बाहानामा लाखौं रकम गठी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ डुम्रीगाउँमा खोलिएको फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीकाका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय केही दिन अघि बाँके र बर्दीयाबाट पक्राउ परेका हुन ।

कम्पनीका ४८ जना पीडित कर्मचारीको जाहेरीका आधारमा घले र उपाध्यायालाई पक्राउ पछि दाङमा ल्याइ आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले जानकारी दिए ।


उनीहरुका बिरुद्ध तुलसीपुर ९ बेलुवाकी ४० बर्षीया अनिता वली महतरासहित ४८ जना उक्त कम्पनीका कर्मचारीहरुले संयुक्त रुपमा इप्रका तुलसीपुरमा पक्राउ परेका घलेर उपाध्यायका साथै सुमन भनिने मानबहादुर देउवाको बिरुद्धमा किटानी जाहेरी दिएका थिए ।
देउवा भने अझैं फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षत्र बनाएर काम गर्दै आएको थियो ।


कर्मचारी खटाएर ती क्षेत्रका कृषकलाई सहयोगको नाममा शेर सदस्य बनाउँदै प्रति किसान ५०० का दरले रकम संकलन गरेको थियो ।


त्यसरी संकलित मध्य बिमा बाफतको ९ लाख ५० हजार, कम्पनीको शेयर बनाउने भनेर ५ जनाबाट ३ लाखका दरले संकलित रकम १५ लाख, बिदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख र ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रकम समेत ठगी गरेको भन्दै पीडित ४८ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।


पक्राउ परेकाहरु बिरुद्ध अदालतबाट म्याद थप भइ थप अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *