२०८३ मङ्सिर १० गते बुधवार

दाङमा थपिए नयाँ साढे २५ हजार मतदाता

दाङ, पुस १९ । दाङमा पच्चीस हजार पाँच सय मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मतदाता थपिएका हुन ।

पहिलो चरणमा बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिाकामा मंसिर १७ देखि पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको थियो ।

त्यस्तै दोस्रो चरणमा पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा नामाबली संकलनको कार्य भएको हो । यो बीचमा तुलसीपुर उपमहानगरपालिका र घोराहीमा पनि संकलन कार्य भएको छ ।

जसका लागि तुलसीपुरस्थित इलाका प्रशासन कार्यालय, घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमहीबाट संकलनको हुँदै आएको छ ।

बसाइसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन गर्ने गरिन्छ । नामावली दर्ता गर्न छुटेका १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेको हुनुपर्छ ।

दाङमा यसअघि तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए। पछिल्लो समय थप भएका २५ हजार ५०० सहित चार लाख तीन हजार मतदाता संख्या पुुगेको छ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *