
तुलसीपुर,पुस १८ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा यमकान्त भण्डारी निर्वाचित भएका छन । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनको मतपरिणाम अनुसार १९८६ मत प्राप्त गरी भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन ।
उनका प्रतिष्प्रर्धी पवनराज बुढाथोकीले १७६७ मत प्राप्त गरेका छन भने अध्यक्षका उम्मेदवार दिपक कुमार धितालले २६४ मत प्राप्त गरेका छन ।
निर्वाचन समितिका संयोजक पुस्कर भण्डारीका अनुसार निर्वाचित भण्डारी र बुढाथोकी बिच २१९ मतान्तर रहेको छ । भण्डारीलाई तुलसीपुर क्षेत्रका क्रियाशिल ९ राजनितिकि दलहरुको समर्थन रहेको थियो ।
त्यस्तै ९ दलिय गठबन्धनले कोषाध्यक्ष बाहेक अन्य सबै पदमा जित हात पारेको छ ।
त्यस्तै संस्थाको उपाध्यक्षमा भण्डारी प्यानलका सिताराम शर्मा आचार्यले २२७२ मत प्राप्त गरी निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी गिरीधारी प्रसाद पौडेलले १४८५ र अर्का उम्मेदवार पुर्ण प्रसाद धितालले ७१ मत प्राप्त गरेका छन ।
त्यस्तै सचिवमा भण्डारी प्यानलका सेवकराम भण्डारीले सबैभन्दा उत्कृष्ट २८३८ मत प्राप्त गरी निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी दामोदर लामीछानेले ६८४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भोलाप्रसाद थापा निर्वाचित भएका छन । उनले १७०२ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनी पवनराज बुढाथोकी प्यानलका उम्मेद्धार हुन । उनका प्रतिष्प्रर्धी भण्डारी प्यालनका भद्र बहादुर वलीले १५१६ मत मात्र प्राप्त गरेका हुन ।
कोषाध्यक्ष पदका उमेदवार मेघराज न्यौपानेले ३०४ र कर्ण बहादुर वलीले ८७ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरुमा पदम बहादुर खड्का र लक्ष्मण केसी निर्वाचित भएका छन । खड्काले २०७८ र केसीले २५६४ मत प्राप्त गरे ।
सदस्य पदका अर्का उम्मेदवार सोविन्द्र चन्दले १३११ मत प्राप्त गरे ।
संस्थाको जम्मा मतदाता संख्या सात हजार ४ सय ६७ रहेकोमा शनिवार भएको मतदानमा चार हजार चार सय पाँच मत खसेको थियो । जसमा २७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
