तुलसीपुर,पुस १८ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चुन्न भएको निर्वाचनमा मतगणना जारी छ ।
शनिबार रातिदेखि सुरु भएको मतगणना आइतबार साढे ११ बजे सम्म ४ हजार मत गणना भइसकेको छ ।
अहिले सम्मको परिणाम हेर्दा नौं दलिय गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी निकटतम प्रतिद्धन्दी पवनराज बुढाथोकी भन्दा १७२ मतले अगाडि छन् ।
यमकान्तले १६२२ मत प्राप्त गर्दा र बुढाथोकीले १४५० मत प्राप्त गरेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार दीपक धितालले भने जम्मा २२९ मत मात्रै प्राप्त गरेका छन ।
त्यस्तै उपाध्यक्षमा नौं दलिय गठबन्धनका सिताराम शर्मा आचार्यले १८५२, सचिव शेवकराम भण्डारीले २३३८, कोषाध्यक्षमा भद्रबहादुर वली १२७४, सदस्य पदका उम्मेदवार लक्ष्मण केसीले २१२३ र पदमबहादुर खड्काले १६२२ मत प्राप्त गरेका छन् ।
त्यस्तै पवनराज बुढाथोकी प्यानलका उपाध्यक्ष पदका उम्मेदवार गिरीधारी पौडेलले १२२१ , कोषाध्यक्ष भोलाप्रशाद थापाले १३८६ र सदस्य शोबिन्द चन्दले १०५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पूर्णप्रशाद धिताले ५६, सचिव दामोदर लामिछाने ५६२, कोषाध्यक्ष मेघराज न्यौंपानले २४९, कोषाध्यक्ष कर्णबहादुर वली ६९ मत प्राप्त गरेका छन् ।
शनिबार भएको निर्वाचनमा ४ हजार ४ सय ५ मत खसेको थियो । कुल ७ हजार ४ सय ६७ जना मतदाता रहेपनि झन्डै आधा उपभोक्ता मतदानमा सहभागी भएनन् । तुलसीपुरको अरनी मैदानमा बिहान साढे ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । निर्वाचनबाट तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व हुने छ ।
